विराटनगर, १० माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा मंगलबारदेखी सुरू भएको एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत बुधबारसम्म नर्सरी देखि कक्षा १ सम्मका स्पर्धा सम्पन्न भएका छन ।
विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले रिबन काटेर उद्घाटन गरेको प्रतियोगिता माघ १५ गते सम्पन्न हुनेछ । प्रतियोगिताको पहिलो दिन नर्सरी र कक्षा १ का विभिन्न स्पर्धा भएका छन् । दोस्रो दिन बुधबार कक्षा एलकेजी र कक्षा १ का स्पर्धाहरू सम्पन्न भएका छन ।
यूकेजीको ५० मिटर दौडमा छात्र तर्फ दिब्यम माझी र छात्रा तर्फ हंसिका मण्डल प्रथम हुँदा चिराग मानन्धर र अन्हिता साह दित्तिय हुनुभएको छ । छात्रतर्फ प्रयास भट्टराई तृतीय हुँदा छात्रा तर्फ अनिशा लुइँटेल तृतीय हुनुभयो । सोही कक्षाको ब्यालेन्स रेसमा छात्रतर्फ क्रमशः वास्तव चौधरी, प्रणव यादव र मुदित सोमानी प्रथम, दित्तिय र तृतीय हुँँदा छात्रातर्फ बेबिशा योन्जन, साक्षी यादव र एविग्या प्रधान प्रथम, दित्तिय र तृतीय हुनुभयो ।
कक्षा यूकेजीकै ब्रस्टिङ ब्यालून प्रतियोगितामा दिब्यम माझी र हंसिका मण्डल प्रथम, विलोचन निरौला र जेसिका ताम्राकार दित्तिय तथा साईद हुसेन र सुमेरा सिद्दिकी तृतीय हुनुभयो । यसैगरी पहिलो दिन नै सम्पन्न नर्सरीको स्वीट रेसमा साक्षात पोखरेल र दिया नेउपाने प्रथम हुनुभयो भने प्रीन्सराज कामत र क्यारा थपलीया दित्तिय तथा नितेशकुमार कामत र याङ्छेन तामाङ तृतीय हुनुभयो ।
नर्सरीकै ब्यालेन्स रेस स्पर्धामा देव सरदार र रीवास्ना यादव प्रथम, मो. इमाम अन्सारे र ईमा राई दित्तिय तथा आरभ गुप्ता र प्रीयाकुमारी भगत तृतीय हुनुभयो । सोही कक्षाको म्यूजिकल चेयर स्पर्धामा सम्पूर्ण तिवारी र प्रीशा कार्की प्रथम, कार्तिक साह र आल्भीया निरौला दित्तिय तथा आरम्भ साहब्र प्राश्ना देव तृतीय हुनुभयो । यस्तै बुधबार सम्पन्न प्रतियोगिता अन्तरगत कक्षा एलकेजीको स्वीट रेसमा शुभान्जल तिमल्सिना र कृष्मा घिमिरे प्रथम हुनुभएको छ भने प्ररित कार्की र नीरा खान दित्तिय तथा ओनिश राउत र आरोही यादव तृतीय हुनुभएको छ ।
स्वेटर रेसमा सम्राट भगत र श्रेया मण्डल प्रथम, श्रेयांश साह र गरिमा मण्डल दित्तिय तथा आर्शिव तामाङ, मो. फरहान र एलिना यादव तृतीय हुनुभयो । एलकेजीकै म्यूजिकल स्पर्धामा आर्शिव तामाङ र आरोही निरौला प्रथम, अंश सिंह र ब्रीन चौधरी तथा मिग्मा दोर्जे तामाङ र आरध्या भण्डारी क्रमशः प्रथम दित्तिय र तृतीय हुनुभयो । एभरेष्ट स्पोट्र्स मीट अन्तर्गर बुधबार नै सम्पन्न कक्षा १ का स्पर्धाहरूमा म्याथ रेसमा क्यूस यादव र आर्या सिग्देल प्रथम, कृजल कोइराला र विद्या कर्ण दित्तिय तथा अनुभव चौधरी र यमुना तिवारी क्षेत्री तृतीय हुनुभयो ।
१०० मिटर दौडमा सार्थक मण्डल र आर्या सिग्देल प्रथम हुँदा समर अली र शिक्षा यादव दित्तिय तथा रियांश तबदार र नेन्सी चौधरी हुनुभयो । कक्षा १ कै बोतल भर्ने स्पर्धामा जैन आलम र सम्भवी पोखरेल प्रथम हुनुभयो । रुषिकेश उराँव र रोलिसा चौहान दित्तिय हुँदा सन्देश लुइँटेल र रोनिका सिंह तृतीय हुनुभयो । सोही कक्षाको सियोमा धाँगो छिराउने प्रतियोगितामा सार्थक मण्डल र कृषा श्रेष्ठ प्रथम, रियांश तबदार र सम्भवी पोखरेल तथा आरभ शर्मा दंगाल र रोलिशा चौहान तृतीय हुनुभएको छ ।
यसैगरी स्पोट्र्स मिट अन्तर्गत प्ले ग्रुपको पिक अप द चेयर स्पर्धामा मार्बी खड्का प्रथम, अभनिश कोइराला दित्तिय र डेनिश अलि खान तृतीय हुनुभएको मन्टेश्वरी इन्चार्ज मेलीना ओलीले जानकारी दिनुभयो । स्पोट्र्स मिट अन्तर्गत बिहिवार कक्षा २ देखि कक्षा ४ सम्मको स्पर्धा हुनेछ ।