विराटनगर १८ पुस । माईती नेपाल विराटनगरले बालिका तथा किशोरीहरुसँग आज कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा सीमावर्ती जोगवनीनाकाबाट उद्धार गरिएका युवतीहरु, घरेलु हिंसामा परेको महिलाहरु र विराटनगरका विभिन्न वडावाट बालिकाहरु गरि २३ जनाको सहभागिता रहेको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मानव बेचबिखन तथा ओसारपसार र वाल यौनशोषण नियन्त्रणमा कानुनी विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमबाट उनीहरुलाई जोखिममा कसरी पर्न सकिन्छ, कानुनी प्रावधानहरु के के छन र सचेत कसरी हुन सकिन्छ भन्ने विषयमा जानकारी गराईएको पोखरेलले बताउनुभयो । माईती नेपालले मानव बेचविखन नियन्त्रणका लागि विभिन्न पक्षहरुसँग निरन्तर छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।