कटहरीमा खेतीयोग्य जग्गामा अवैध उत्खनन

विराटनगर १६ पुस । मोरङको कटहरी –५ स्थित मोध्रहा टोलमा खेतीयोग्य जग्गा अवैध रुपमा उत्खनन भइरहेको पाइएको छ । जग्गाधनी र स्थानीय सरकारको मिलोमतोमा खेतीयोग्य जग्गा उत्खन्न्गरी माटो निकाल्न थालेपछि स्थानीयवासीहरु आक्रोसित भएका छन् ।

जग्गाधनी सत्यनारायण साह र स्थानीय सरकारको मिलोमतोमा ठेकेदार विवेक कर्ण र मनोज कार्कीले खेतीयोग्य जग्गामा मापदण्डविपरित माटो उत्खनन गरेका कारण वर्षा याममा उच्च जोखीम हुने सम्भावना बढेको छ । तर यस तर्फ भने स्थानीय सरकारको ध्यान अहिले सम्म पुगेको छैन् । कटहरी गाउँपालिका–५ स्थित मोध्रहा टोलमा भएको माटो उत्खन्नको प्रभाव कटहरी–४ र ५ नम्बर वडाका वस्तिमा पर्छ, भने छिमेकी पालिका जहदाको–४, ३, र २ नम्बर वडामा समेत प्रभाव पर्छ । यस क्षेत्रका स्थानीयहरुले प्रत्येक वर्ष बाढीका कारण लाखौं क्षति व्यहोर्नु परेको छ । स्थानीय सरकारले यस तर्फ कुनै पनि ध्याननै नादिई बरु जग्गाधनी साहको मिलोमतोमा माटो उत्खनन गराई रहेको स्थानीय प्रमेश्वर मुडयारी र मनोज कुमार मुडयारीले आरोप लगाउनुभयो ।

अवैध रुपमा माटो उत्खनन् हुँदा पनि स्थानीय सरकार मूकदर्शक बनेको उहाँहरुले आरोप लगाउनुभयो । स्थानीय सरकारले उत्खनन् रोक्नेतर्फ ध्यान नदिएकै कारण समस्या सिर्जना भएको अर्का स्थानीय जितेनकुमार सरदारको भनाई छ । कटहरी गाउँपालिका–५ स्थित खेतियोग्या जग्गामा मापदण्डविपरीत माटो उत्खनन भइरहँदा पनि स्थानीय सरकार भने बेखबर छन् । यसरी मापदण्ड विपरीत माटो उत्खनन भइरहदा पनि रोक्न कुनै प्रवधान नरेहेको भन्दै कटहरी गाउँपालिका वडा न.५ का वडाध्यक्ष सम्पतलाल सरदारले प्रतिक्रिया दिनुभयो । अवैध तरिकाले भएको माटो उत्खनन रोक्न छोडेर स्थानीय सरकार एवं सरोकारवाल निकाय मूकदर्शक भएर बसेका छन् ।

ठेकेदार साहले करिब १६ फिट ७ इन्च गहिराई र ८० फिट लम्बाई भन्दा बढी अवैध रुपमा माटो उत्खनन गरेका छन् । यसरी अवैध रुपमा मापदण्डविपरीत ठेकेदारले माटो उत्खनन गर्दा यस क्षेत्रमा वन, घर टहरा र खेतीयोग्य जमिन कटान हुने सम्भावना बढेको छ ।