एमाले कोशी प्रदेशको तयारी पुरा, भोली अध्यक्ष ओलीले उद्घाटन गर्ने

विराटनगर ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । अधिवेशन आयोजक मूल समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले भोली अधिवेशन उद्घाटन कार्यक्रम छ । विराटनगरस्थित होटल मनास्लुमा आयोजना गरिने अधिवेशन भव्य हुने एमालेका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले मनोनितबाहेकका प्रतिनिधि छनोट सकिएको जानकारी दिए । अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिनुभयो । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ ।

हालसम्म ९९७ प्रतिनिधि चयन भएपनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी छ । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।