धरानका डेंगु रोगबाट सङक्रमित नागरिकको उपचार कोशी प्रदेश सरकारले गर्ने

विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले धरानमा डेङ्गुबाट सङक्रमित नागरिकको उपचारको जिम्मा सरकारले लिने बताउनु भएको छ ।

मुख्यमन्त्री थापाले सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका नेताहरुले डेङ्गु नियन्त्रण र रोकथामका लागि आज विराटनगर वुझाएको ध्यानकर्षण बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधि लगायतका अन्य सामाग्री त्यस क्षेत्रमा पठाउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री थापाले विराटनगरमा रहेको एक हजार शैय्याको सुविधा सम्पन्न सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गु लगायत अन्य सक्रमण रोगबाट पीडित नागरिकलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गर्ने बताउँदै सङक्रमित विरामीहरुलाई ल्याउन समेत आग्रह गर्नु भयो । उहाँले डुङ्गु रोगबाट पीडित नागरिकको उपचारको जिम्मा प्रदेश सरकारको रहेको छ भन्दै यसको नियन्त्रणका लागि माग गरिएको स्प्रे मेसिन प्रदेश विपद् व्यवस्थापन मार्फत उपलव्ध गराउने बताउनु भयो ।

कोशी प्रदेश सभा सदस्य रमेश वस्नेतले महामारीको समयमा रोग नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री थापालाई नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पाटी तथा जनता समाजवादी पार्टीका धरान नगर सभापतिहरुले संयुक्त रुपमा ध्यानकर्षण पत्र वुझाएका थिए । नेका नगरसभापति श्याम पोखरेल, नेकपा एमाले नगर सभापति हर्कजङ एवेल ,नेकपा माओवादी नगर सभापति सर्वजित राई ,धरान नगरपालिकाका पुर्व मेयर तिलक राईले डेगुको महामारी फैलिदा समेत धरान नगरपालिकाले पर्याप्त सहयोग गरेकोले जनताको जीवन लागि रक्षाका लागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

विगत तीन महिनादेखि धरान क्षेत्रमा महामारीका रुपमा फैलिएको डेङ्गु रोगका कारण हालसम्म ११ जनाको मृत्यु भएको र ७० प्रतिशत जनसङ्ख्या यो रोगबाट प्रभावित भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।