उर्जाशिल समय एमालेमा वित्यो, जिम्मेवारीलाई बाईपास गरिएकोमा असन्तुष्टि हो : खतिवडा

विराटनगर ३० असार । एमाले मोरङको सचिवको जिम्मेवारी त्यागेको झण्डै ७ महिना पछि रुपेश खतिवडाले एमालेमै रहेर सक्रिय राजनीति गर्ने मनस्थिति बनाएका छन् । पार्टी नेतृत्वले आफ्नो मनसायलाई कसरी विश्लेषण गर्छ त्यसको पर्खाइमा उनी छन् । जीवनको उर्जाशिल समय एमालेमै विताएकाले अन्य तर्फ सोच्न नसकिएको उनको निश्कर्ष छ ।

गत मंसिरमा भएको प्रदेशसभाको निर्वाचनको समयमा पार्टी निर्णयमा बाइपास गरिएपछि उनले सचिवको जिम्मेवारी त्यागेका थिए । जिल्लाको पार्टी सचिवलाई महत्वपूर्ण निर्णयहरुमा बाईपास गरिएकोमा उनको असन्तुष्टि छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले सचिवको जिम्मेवारी निर्वाह गर्न नदिइएपछि अलग भएको बताएका छन् । पार्टीमा छलफलको माग गर्दा छलफल पनि गर्न नेतृत्व इच्छुक नभएको उनको गुनासो छ । खतिवडाले भने,‘ पार्टी स्थायी कमिटी सदस्य गुरु बरालले मंसीर १५ पछि छलफलमा बोलाउने आश्वासन दिएर कारवाहीको प्रचार गरिएको प्रचारबाजी गरियो ।’ पार्टीले कारवाहीको प्रचार गरेपनि म अहिलेसम्म मौन छु उनले भने ।

जीवनका उर्जाशिल समय ३२ वर्ष सक्रिय रुपमा एमालेमा विताएका खतिवडा प्रदेश तहको निर्वाचन पछि एमालेका कुनैपनि गतिविधिमा सहभागि भएका छैनन । अन्य संगठनका गतिविधिमा पनि देखिएका छैनन । एमाले मोरङको सचिवको जिम्मेवारीबाट अलग भएको करिव ७ महिना पछि पार्टीले आवस्यकता ठाने फर्किने मनस्थिति बनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा खतिवडा लेख्नछन,‘ मेरा ३२ बर्षको उर्जाशिल समयको कदर यो पार्टीले गर्छ की गर्दैन ? अध्यक्ष केपी ओलिले विगतमा मैले उहाँको समिपमा रहेर गरेको कामको हेक्का राख्नुहुन्छ कि हुदैन ? धेरै आकर्षक प्रस्ताव आउँदा पनि म ति प्रस्तावलाई वेवास्ता गर्दै मेरा सुभचिन्तक र मेरो पार्टी भनेर अझै केहि समय धैर्य गरेर बस्ने छु ।’

एमालेको सचिवको जिम्मेवारी त्यागेर बसेका खतिवडाले आफुलाई विभिन्न राजनीतिक दलहरुबाट आकर्षक प्रस्ताव आउँदा पनि चुप लागेर बसेको बताएका छन् । आफ्नो तर्फबाट कमी कमजोरी भए आत्माअलोचना गर्न तयार रहेको उनले बताएका छन् । उनले भने,‘ पार्टीको हित विपरित आजसम्म कहि कतै केहि बोलेको छैन र बोल्ने पनि छैन ।’ जिल्ला सचिवबाट राजीनामा दिएका खतिवडाले पार्टी सदस्यता नवीकरण भैसकेको जानकारी आफुले पाएको बताएका छन् ।

जीवनको उर्जाशिल समय एमालेमा विताएका खतिवडाले भने,‘ मोती दुगड, दुर्गा प्रसाँइ , नवराज सिलवाल, सर्बेन्द्र खनाल, कोमल वली, टोपबहादुर रायमाझी जस्तालाइ नेता बनाउन सक्ने नेतृत्वले कसो मलाई सिपाहीको जिम्मेवारी नदेला ?’