ट्रेड यूनियन काँग्रेस मोरङद्धारा संघीय सरकारको ध्यानाकर्षण

विराटनगर, २८ असार । श्रमजिवीको न्यूनतम पारिश्रमिक लागु हुनुपर्ने मागसहित नेपाल टे«ड यूनियन काँग्रेस मोरङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।

ट्रेड यूनियनले आज जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई न्यूनतम पारिश्रमिक निर्धारण गरि लागु गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको छ । टे«ड यूनियन काँग्रेस मोरङ अध्यक्ष सुशील कोइरालाका अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयलाई ध्यानाकर्षण गराएको हो ।

सरकार, रोजगारदाता र टे«ड युनियनबीच त्रिपक्षीय सहमति अनुसार असार मसान्तभित्र न्यूनतम पारिश्रमिक निर्धारण गरि लागु गर्नुपर्ने अध्यक्ष कोइरालाको भनाई छ । यद्धपी, हाल सरकार, र रोजगारदाता दुवै पक्ष श्रमजिवीको न्यूनतम पारिश्रमिक लागु गर्न गंभीर नभएको अध्यक्ष कोइरालाले आरोप लगाए । उनका अनुसार असारमा सम्पन्न ट्रेड यूनियनको सातौं महाधिवेशनले श्रमिकको कम्तीमा पारिश्रमिक २५ हजार रुपैया हुनुपर्ने निर्णय गरेको छ। पछिल्लोसमय आकासिदों मुल्यबृद्धिसंगै सबै क्षेत्रमा कार्यरत श्रमिकहरुलाई एकरुपता कायम हुने गरि न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैया राखिनुपर्ने उनको भनाई छ ।

श्रम ऐन २०७४ मा ब्यवस्था भएअनुसार प्रत्येक दुईवर्षको अन्तरमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजिवीको न्यूनतम पारिश्रमिक लागु गर्न यूनियन कटिवद्ध रहेको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।