विराटनगर ३० वैशाख । उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित हुनु भएको छ ।
आगामी २ वर्षका लागि आज भएको निर्वाचनमा अध्यक्ष सुराना सहित १४ सदस्यीय कार्यसमितिनिर्विरोध निर्वाचित भएको हो । संगठनको बरिष्ठ उपाध्यक्ष पदमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/ जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) पदमा बिपिन कावरा र कोषाध्यक्ष पदमा सुवोध कोईराला निर्वाचित हुनु भएको छ ।
८ जना कार्यसमिति सदस्यमा सन्तोषकुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दिपक कुमार अग्रवाल र बीरेन्द्र राठी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।