विराटनगर ,२० बैशाख । नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई चेतावनी दिएका छन् । विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली,प्रचण्डलाई औडाहा भएको आरोप लगाए। राजाप्रति आकर्षण बढेको जगजायरै छ ,यसमा केही नेताहरुलाई पिडा हुनु स्वभाविकै हो दाहालको भनाई थियो ।
केही दिन अगाडि ओली र प्रचण्डले राजाप्रति लंक्षित गर्दै गरेको भनाइ खण्डन गर्दै दाहालले डेढ दर्जन भन्दा वढि राष्ट्रमा राजतन्त्र छ ती देशका जनता महामुर्ख हुन् भनी प्रतिप्रश्न गरेका थिए। बरू ती राजा भएका देशहरु हेर्न लायक समृद्ध मुलुक भएका छन् । नेपाल निर्माण र शाहबंशका राजाहरुले गरेको इतिहास भुल्ने छुट कसैलाई नभएको भन्दै अहिलेका नेताहरुले आफना पुर्खामाथी गद्दारी गरिरहेको आरोप लगाए ।
दल र राजावीच भएको सहमति कार्यान्वयन गरेर देशलाई समृद्धिको बाटोमा लैजान पनि उनले आग्रह गरे । देशप्रेमी र राष्ट्रवादीहरु एकठाउमा उभिएर हिड्ने समय आएको भन्दै दलका नेताहरुलाई नयाँ शिरावाट हिड्न र मार्ग प्रशस्त गर्न आग्रह गरे । जनताको नासो, जनतालाई फिर्ता गरेको र त्यसलाई पनि आत्मसाथ गर्दै अगाडि बढ्न सके देशमा शान्ति हुने बताए । दाहाल पूर्व क्षेत्रमा राजनैतिक विश्लेषक र राजावादी विद्वत नेता मानिन्छन् । उनले पटक-पटक दल र राजा मिलेर देशको समुन्नतीमा लाग्नुपर्नेमा जोड दिदै आएका छन् ।