पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले वसाई सराई रोक्ने : मुख्यमन्त्री कार्की

विराटनगर १९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले वसाईसराई रोक्ने बताउनु भएको छ ।

पहाडी क्षेत्र काष्ठफुल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा आज यहाँ आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उहाँले यस प्रकारको आयोजनाले कृषकको जीवनस्तर वृद्धि हुनुका साथै पहाडी क्षेत्रमा हराभरा बनाउनमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले यो परियोजनालाई व्यवहारिक रुपमा लागु गर्ने मुख्य जिम्मेवारी स्थायी सरकारको रुपमा रहेको कर्मचारीहरुको हो भन्दै कृषकहरुलाई यस कार्यमा सहजताका साथ सहयोग पुर्याउन प्राविधिक तथा प्रशासनका कर्मचारीहरुलाई आग्रह गर्नु भयो । उहाँले मुलुकको पहाडी क्षेत्रमा विविधता भएको जलवायीका कारण फलफूल उत्पादन गर्न वृद्धि गर्न सरकारी निकाय, प्राविधिकहरुले मेहनत अनुसार कार्य गरेमा सफल हुने विश्वास व्यक्त्त गर्नु भयो । मुख्यमन्त्री कार्कीले उच्चतम प्रविधिको रोग नलाग्ने विरुवाको प्रयोग गर्न जोड दिदै कृषिका अवकास प्राप्त कर्मचारीहरुलाई प्रयोग गरी उनीहरुको ज्ञान र सीपको प्रयोग गरी उत्पादन वृद्धिमा लगाउनु पर्छ भन्नु भयो । उहाँले पहाडी क्षेत्रमा नीजि क्षेत्र एवं कृषकहरुको समूह बनाई बर्षेनी उत्पादन हुने हरियो तरकारी र अन्य सामाग्री उत्पादन गरेमा उचित मुल्य प्राप्त गर्नुका साथै समग्र त्यस क्षेत्रका विकास हुने विचार व्यक्त्त गर्नु भयो ।

उद्योग, कषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले हावापानी अनुसार पहाडी क्षेत्रमा फलफूलको उत्पादन गर्न आयोजनाले जोड दिनु पर्ने आवश्यक्ता औल्याउदै स्वदेशी जनशक्ति विदेश पलायन हुने कार्यलाई रोकथाम आयोजना समक्ष हुने विचार राख्नु भयो । मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, परियोजना निर्देशक राजेन्द्र कोइराला र प्रकाशकुमार डाँगीले परियोजनाले कृषकलाई उत्साह जगाउनुका साथै स्थानीय तहको सहयोगमा कृषकको आम्दानी वृद्धि गर्नुका साथैका पयविारणमा सुधार गरी समग्र क्षेत्रको विकासको कार्यलाई अघि वढाउने विश्वास जनाएका छन् । एशियाली विकास बैकको ९३ दशमलव पाँच मिलियन डलर (रु १२ अर्व)को सहयोगमा नेपालको पहाडी जिल्लामा फलफुल वाली उत्पादन वृद्धि गर्न आगामी सात वर्षका लागि पाँच प्रदेशका ३४ जिल्लाको एक सय पालिकामा उक्त आयोजना लागु गरिएको छ ।

कोशी प्रदेशकोको सात जिल्लाको २२ पालिकामा सन्तला जातको सुन्तला, कागती, जुनार तथा किवि, एभोकाडो स्याउ, ओखर जापानीज कटुस, ओखर प्रजाति, हाडेवदाम लगायतका उत्पादन वृद्धि गर्नु आयोजनाको मुख्य लक्ष्य रहेको अधिकृत युकमणिी भट्टराईले जानकारी दिनु भयो । आयोजनामा कृषक, कृषि उद्यमी, सहकारी समूह र लाभग्राीही स्थानीय तह रहेका छन् ।