सशस्त्र प्रहरीद्धारा १२ लाख बढीको अबैध सामान बरामत

विराटनगर, १४ वैशाख । सशस्त्र प्रहरी बल, सुनसरीले १२ लाख बढीको अबैध सामान बरामत गरेको छ ।

हरिनगरा ६ मरिया खोला ईलाकामा सीमा सुरक्षा गुल्म कप्तानगन्ज सुनसरीबाट खटि गएको टोलीले अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ४ वटा मोटरसाईकलबाट १२ लाख ७८ जार ८५२ बराबरको अबैध सामन बरामद गरेको हो ।

लत्ताकपडा र मोटरसाईकल. आबश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्धुमा बुझाईएको र सो को १० लाख ७८ हजार ३०२ रुपैयाँ भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद सिग्देल जानकारी दिनुभयो ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुर, सुनसरीले सुनसरी हरिनगरा ६ सिसुवा धरमपुर ईलाकामा अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ४ सय ४९ केजी माछाको सिद्रा बरामद गरेको छ । सो सिद्रालाई आबश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्धुमा बुझाईएको र सो को १ लाख ७९ हजार भन्सार दाखिला गरिएको सूचना अधिकारी सिग्देलले जानकारी दिनुभयो ।