विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
कोशी प्रदेश नामकरणको विषयलाई लिएर मन्त्री राजभण्डारीको काठमाण्डौं पेप्सीखोलामा रहेको घरमा आज विहान साढे ८ वजेतिर छापामार शैलीमा केही व्यक्तिहरुले घर तोडफोड गरेको घटनाप्रति एमाले सोलुखुम्वुले आज विज्ञप्ती निकालेर विरोध जनाएको हो ।
सोलुखुम्वुबाट प्रदेशसभामा निर्वाचित राजभण्डारीले कोशी नामकरणको पक्षमा मतदान गरेको भन्दै पहिचान पक्षधरहरुले तोडफोड गरेको मन्त्री राजभण्डारीले बताउनुभयो ।
राजनीतिक समस्यालाई राजनीतिक तवरबाटै समाधान नगरेर व्यक्तिगत सम्पति तोडफोड गर्दै हिड्नाले समाजलाई विभाजित गर्ने एमाले सोलुखुम्वुका अध्यक्ष डुफकुमार बाँस्तोलाले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।