विराटनगर २९ फागुन । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ ।
विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडी प्रथम भएका छन् । उनीहरुले एसि पाएका थिए । त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । उनीहरुले पनि वासिङ मेसिन पाएका छन भने रिचा कनोडिया र डली अग्रवालको जोडी तेस्रो भएको छ । उनीहरुले मिक्चर ग्रीन्डर पाएका छन् ।
विजेताहरुलाई राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवाल, विराटनगर प्राइम राउण्ड टेवल नेपालका पूर्व अध्यक्षहरु अमित सारडा र विनय अग्रवाल र विराटनगर प्राइम राउण्ड टेवल नेपालका अध्यक्ष राघव राठी , संयोजक लोकेश अग्रवाल, सह–संयोजक निशान्त अग्रवाल र योगेश राठीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा मा १ सय वटा स्कूटीमा २ सय सहभागि रहेका थिए । स्कूटी चलाउँने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागि भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको अध्यक्ष राठीले बताए ।
एक स्कूटीमा २ जना महिला सवार भएका थिए । विराटनगरमा छुट्टा छुट्टै ११ स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो । महिलाहरुको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको संहका सदस्य अभिषेक केडियाले बताए ।