संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्यो : खापुङ

विराटनगर २४ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताउनुभएको छ ।

नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गरेको छ भन्दै पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायापालिका, सुशासन, कानूनी राज्यको अवधारण लगायतका लोकतान्त्रिक मूल्य र मन्यतामा आधारित रहि समृद्ध राष्ट्र निर्माण गर्ने अङ्गिकार गरेको छ भत्रुभयो ।

प्रदेश प्रमुख खापुङले संविधानले सङ्घ, प्रदेश र स्थानीय तह समेत तीन तहमा स्थापित सरकारहरुबीच राज्य शक्त्ति र अधिकिारको बाँडफाँट स्पष्ट गरेको छ बताउँदै नेपालको सङ्घीय शासन प्रणालीको अभ्यासको आरम्भ हुँदैगर्दा प्रदेश सभा, प्रदेशका नागरिकहरुको आवाज मुखरित गर्ने विश्वसनीइ थलोको रुपमा विकसित भइरहेको धारणा राख्दै सङ्घीयता लोकतन्त्र र गणतन्त्रप्रत जनभरोसा बढाउने कार्यमा प्रदेश सरकार लागि पर्नु पर्ने बताउनुभयो ।

उहाँले पहिलो प्रदेश सभाले सफलतापूर्वक आफ्नो पूर्ण कार्यकाल पूरा गरेकोमा धन्यवाद दिँदै पहिलो कार्यकालको अवधिमा प्रदेश सभा र प्रदेश सरकारका आधारभूत संरचनाको निर्माण तथा नीति र प्रदेश कानूनको निर्माणमा उल्लेखनीय कार्य भएको बोल्नुभयो । उहाँले विगतमा १० वटा अधिवेशनबाट ६२ वटा सरकारी विधेयकहरु पारित भएर प्रमाणीकरण भइ प्रदेश कानूनको रुपमा लागु भएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म, संविधान कार्यान्वयनप्रतिको दायित्व, प्रादेशिक विकासका लागि तर्जुमा भई प्रदेश सरकारबाट निर्माण एवं उत्पादन जस्ता कार्य सकारात्मक हो भत्रुभयो ।

यसैवीच अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगित भएको सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो ।