विराटनगर २७ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते विश्वासको मत लिने हुनु भएको छ ।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले नेपालको संविधान धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम पुस २९ गते विहान ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि प्रदेशसभामा सुचना दिनु भएको थियो ।
एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।