मानव बेचविखन नियन्त्रणका लागि सीमा क्षेत्रका सवारी चालकलाई अभिमुखीकरण

विराटनगर १ पुस । मानव बेचविखन नियन्त्रणका लागि माईती नेपाल विराटनगरले सीमा क्षेत्रका सवारी चालकलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

विराटनगरको वोर्डर एरियामा सार्वजनिक सवारी साधन चालाउने चालकहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम माइती नेपालको कार्यालयमा गरिएको थियो । विराटनगर वोर्डर क्षेत्रमा सार्वजनिक सवारी साधान सिटी सफारी चालक, ओटो चालक र भ्यान चालकहरुलाई मानव वेचविखन तथा ओसारपसार विरुद्धको विषयमा जानकारी दिइएको थियो । उनीहरुलाई मानव बेचविखनका क्षेत्रमा माइती नेपालले गरेको कामका वारेमा र मानव वेचविखन र सम्वन्धित कानुनी प्रवाधानको वारेमा जानकारी गराइएको कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सिटी सवारी चालक संघका अध्यक्ष जीतु सिंहले अभिमुखीकरण ज्ञानवद्र्धक रहेको र पहिलेको तुलनामा अहिले प्रहरीले पनि शंका लागी जानकारी गराउदा राम्रो सकारात्मक रुपमा सहजीकरण गरेको बताउनुभयो । वेचविखन कति संवेदनशील विषय रहेछ भन्ने जानकारी पाएको पनि सहभागीहरुले बताएका थिए । अभिमुखीकरण कार्यक्रममा २६ जना चालकहरुको सहभागीता रहेको थियो ।