पत्रकार महासंघ मोरङको साधारणसभा उर्लाबारीमा

विराटनगर २८ मंसिर । नेपाल पत्रकार महासंघ मोरङका बार्षिक साधारणसभा आगामी मंसिर १६ गते शुक्रबार उर्लाबारीमा गर्ने निर्णय गरेको छ ।

सोमबार विराटनगरमा बसेको कार्यसमितिको १२ औं बैठकले साधारणसभा उर्लाबारीमा गर्ने निर्णय गरेको सचिव नेत्र पी अधिकारीले बताउनुभयो ।
साधारणसभा व्यवस्थापनका लागि उपाध्यक्ष मोहन भट्टराईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समिति सदस्यहरुमा सहसचिव प्रशान्त निरौला, सदस्यहरु नवराज भट्टराई, सुरेश अधिकारी र तेजन खड्का रहनु भएको छ ।
बार्षिक साधारणसभाका अवसरमा मोरङका सञ्चारकर्मीहरुको विवरण सहितको डायरी प्रकाशन गरिने भएको छ ।

सो कार्यको तयारीका लागि सहसचिव अनिल श्रेष्ठको संयोजकत्वमा पवन साह र उषा सरदार सदस्य रहनेगरि प्रकाशन समिति गठन गरिएको बताईएको छ ।