विराटनगर, २८ असोज । विराटनगर १ की कविता बरालले होम डेलिभरी मार्फत खरिद गरेको चिकन चिल्लीमा साङ्गो फेला परेको छ ।
विराटनगर ४ कञ्चनबारीमा रहेको शुभ ब्याङ्केट एण्ड रेष्टुरेन्टले तयार गरेको चिकन चिल्ली क्वीकर फुड मार्फत बरालले खरिद गरेकी थिईन । चिकन चिल्ली प्याक खोलेर खानेक्रममा साङ्लो भेटिएपछि विराटनगर महानगरपालिकामा उहाँले उजुरी गर्नुभएको थियो । बरालको उजुरीका आधारमा विहीबार महानगरको आर्थिक विभाग महाशाखा प्रमुख दिपक पौडेलको नेतृत्वमा गएको निरीक्षण टोली रेष्टुरेन्ट पुगी अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा रेष्टुरेन्टमा रहेको फ्रिसमा राखिएका खानेकुराहरुमा ढुसी परेको, प्लाष्टिकमा प्याक गरि खाना राखिएको, म्याद गुज्रिएका पिज्जा लगायतका खाध्य सामाग्रीहरु फेला परेको थियो । म्याद गुज्रिएका सवै खाध्य वस्तुहरु नष्ट गरिएको थियो । निरीक्षण टोलीले म्याद गुज्रिएका खाध्य सामाग्रीहरु आगामी दिनमा नराख्न र फ्रिजको सरसफाई गर्न निर्देशन दिएको छ । सरसफाईमा ध्यान दिने र सुधार गर्ने शर्तमा पहिलो पटकका लागि नसियत दिईएको बताईएको छ । निरीक्षण टोलीले विराटनगर ५ मा रहेको कंकालिनी जनरल स्टोरमा पनि अनुगमन गरेको छ ।
अनुगनमका क्रममा खाध्य सामाग्री तथा पेय पदार्थहरु म्याद गुज्रिएको पाईएको थियो । म्याद गुज्रिएका सामाग्रीहरुको लगत संकलन गरि नष्ट गरिएको निरीक्षण टोलीले जनाएको छ ।