विराटनगर, २१ असोज । आज विजया दशमीको तेश्रो दिन । मान्यजनबाट आशिर्वाद लिने क्रम जारी छ ।
विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ ।
असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ । घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो ।
आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानीमा गाडीको चहपहल बढ्दै गएको छ ।