विराटनगर ३ चैत । प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित भएको घोषणा गरेसँगै निर्वाचन तथा मतपरिणामसमेतको प्रक्रिया पूरा भएको हो ।
आयोगले अब मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने छ । प्रत्यक्ष निर्वाचनतर्फका १६५ निर्वाचन क्षेत्रको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचनतर्फ कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने छ राजनीतिक दलले समानुपातिकमा सिट पाएका थिए ।
आयोगले गरेको सिट बाँडफाँट अनुसार आइतबारसम्म छ । राजनीतिक दलका तर्फबाट सिट अनुसार तोकिएको समूहबाट उम्मेदवार सिफारिस भएका थिए । आयोगले सूची परीक्षणपछि सोमबार निर्वाचन सदस्यको नाम सर्वाजनिक गरेको हो । निर्वाचित ११० सदस्यलाई आयोगले चैत ५ गते निर्वाचितको प्रमाणपत्र प्रदान गर्ने कार्यव्रmम रहेको छ ।
प्रमाणपत्र ग्रहण कार्यक्रमपूर्व निर्वाचित उम्मेदवारले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको तस्बिर चैत ३ गतेसम्म उपलब्ध गराउन पनि आयोगले सूचित गरेको छ । आयोगको सिट बाँडफाँट अनुसार समानुपातिकमा सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।
रास्वपाले ५७ सिट पाउँदा ने पाली कांग्रे सले २०, ने कपा (एमाले ) ले १६, ने पाली कम्युनिस्ट पार्टीले नौ ,श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएको थियो । सो अनुसार दलहरूले उम्मेदवार सिफारिस गरेका थिए ।