विराटनगर, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताउनु भएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताउनुभयो । सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको अध्यक्ष ओलीले बताउनुभभयो । यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले निर्वाचनका समयमा निर्वाचन आयोगले प्रशासन आफ्नो हात लिनुपर्ने बताउनुभयो ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आयोगको भूमिका कमजोर देखिएको उहाँको भनाई छ । अघिल्लो निर्वाचनमा आयोगले धाँधली रोक्न नसकेको उहाँको आरोप छ ।
आज विराटनगरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद्को प्रदेश १ सम्मेलन र जितिया कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली विराटनगर आउनु भएको हो ।