एमाले नेता ढकाललाई पितृशोक

विराटनगर २९ माघ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाललाई पितृ शोक परेको छ ।

ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको आज बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय ढकालको अन्तिम संस्कार विहीबार विराटनगरको परोपकार घाटमा गरिएको छ ।

उम्मेदवार ढकाललाई शोक परेको खबर पाएलगत्तै विभिन्न राजनीतिक दलका नेताहरू संवेदना प्रकट गर्न उहाँको निवास पुगेका थिए । ढकालका एक छोरा र ६ जना छोरी रहेका छन् । दुईछोराको यसअघि नै निधन भईसकेको छ ।