विराटनगर २९ माघ । कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा विराटनगर महानगरपालिकाले ७८.११ अंक पाएर देशभरिका ६ महानगरपालिकामध्ये पहिलो स्थान हासिल गरेको छ ।
काठमाडौं महानगरपालिकाले ४४.९७ अंक पाएर सबैभन्दा कमजोर स्थान ओगटेको छ। कार्यसम्पादन मूल्यांकनका लागि १७ सूचक आधारमा बजेट सार्वजनिक गर्ने समय, राजस्व परिचालन, विद्यार्थी भर्ना दर लगायतका मापदण्ड प्रयोग गरिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो । सबैभन्दा अब्बल भने यस वर्ष मोरङको विराटनगर महानगरपालिका रहेको छ ।
विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अंक पाएको छ । चौथो स्थानमा रहेको पोखराले ५८.०४ अंक पाएको छ ।
पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं छैटौं स्थानमा छ ।