मोरङ १ का घर–घरमा पुग्दै खतिवडा

विराटनगर २८ माघ । मोरङ क्षेत्र नं. १ का एमाले उम्मेदवार घनश्याम खतिवडा घर–घरमा पुग्दै मत माग्दै, सुझाव लिँदै हुनुहुन्छ ।माघ ६ गते प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेपछि खतिवडाले निर्वाचन क्षेत्र लक्षित कार्यक्रमलाई तीव्रता दिनु भएको छ ।

प्रचारप्रसार, उम्मेदवार सहितको घरदैलो कार्यक्रमको पहिलो चरण सकिएको सो क्षेत्रका चुनावी कमाण्डर डिल्ली शर्मा अधिकारीले जानकारी दिनुभयो । माघ २४ गते सम्मको पहिलो चरणको कार्यक्रम सकिएर अहिलो दोश्रो चरणको कार्यक्रम चलिररहेको उहाँले बताउनुभयो ।

क्षेत्रीय पार्टी कमिटीले तय गरेको तालिका अनुशार घरदैलो कार्यक्रम, मतदाताको सुझाव संकलनको काम भईरहेको अधिकारीले बताउनुभयो । स्थानीय मतदाताको सुझावलाई पनि आधार मानेर उम्मेदवारको प्रतिबद्धता पत्र तयारीको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

उम्मेदवार खतिवडाले जेनजीसँग पनि घरदैलोका क्रममा छलफल अन्तरक्रिया गर्नु भएको थियो । प्रतिबद्धता पत्रमा सवैपक्षका सुझावहरुलाई समेट्ने तयारी गरिएको बताईएको छ ।

एमाले उम्मेदवार खतिवडा मोरङ १ को भूगोलमा परिचित भएकाले घरदैलो कार्यक्रम अन्यत्नै प्रभावकारी भईरहेको अधिकारीले बताउनुभयो । एमाले उम्मेदवार खतिवडा ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्वुसँग ४३० मतान्तरले पराजित हुनुभएको थियो । ०७४ मा खतिवडाले लिम्वुलाई ६ हजार ८८ मतान्तरले पराजित गर्नुभएको थियो ।

मोरङ १ मा खतिवडा सहित नेपाली कांग्रेसका उर्लाबारी नगरका पूर्व प्रमुख खड्ग फागो, नेकपाका पूर्व प्रदेशसभा सदस्य कुलप्रसाद साम्वा, रास्वापाका यज्ञमणि न्यौपाने लगायत १७ जना प्रतिष्पर्धामा छन् ।