नेपाल बहुदलीय व्यवस्थामा विश्वास गर्ने राष्ट्र हो । लोकतन्त्र प्रजातन्त्र कल्याणकारी राष्ट्र पनि हो । नेपालको भविष्य बहुदलीय व्यवस्था अनुसार मार्गचित्र कोर्न सकिन्छ ।
राजनीतिक दलहरू र तिनका नेताहरूले विगतमा के के बाचा प्रतिज्ञा प्रतिबद्धता गरेका थिए । इतिहास ताजै छ । २०६२–०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात दुईपटक संविधानसभाको निर्वाचन तथा दुईपटक स्थानीय तह प्रदेश र सङ्घीय संसदको चुनाव सम्पन्न भइसकेको छ । तत्कालीन अवस्थामा दलहरूले आफ्ना घोषणापत्रमा के के लेखेका थिए के के वाचा पूरा गरे के के पुरा गर्न सकेनन् । यसको लेखाजोखा गर्ने बेला भएको छ ।
दलहरू नेताहरू र कार्यकर्ताहरूले विगतमा गरेका वाचा कति प्रतिशत पूरा गरे इतिहास साक्षी छ ।
आगामी फागुन २१ ग्ते हुने निर्वाचनका लागि राजनीतिक दलहरुबाट घोषणा पत्र सार्वजनिक शुरु भएको छ । मंगलबार नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) ले संक्षिप्त प्रतिबद्धता पत्र ( घोषणा पत्र) सार्वजनिक गर्यो । निर्वाचन आयोगले फागुन ३ गते अघि नै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई घोषणा पत्र सार्वजनिक गरि निर्वाचन आयोगमा बुझाउन निर्देशन पनि दिएको छ । आयोगको निर्देशन दिएपछि दलहरुले घोषणा पत्र तयारीलाई अन्तिम रुप दिने तयारीमा रहेको बताएका छन् ।
दलहरू नेताहरू र कार्यकर्ताहरूले विगतमा गरेका वाचा कति प्रतिशत पूरा गरे इतिहास साक्षी छ । प्रतिबद्धता तथा घोषणापत्र निर्माण गर्न धेरै सजिलो छ । २६ घण्टामा दलहरूका घोषणापत्र तयार हुन्छन् । दलहरूले कसका लागि किन घोषणापत्र तयार गर्दछन् बहसको विषय हो ।
दलहरूका विचार सिद्धान्त पटक्कै मिल्दैन । तर पनि सत्ताका लागि निर्वाचनको समयमा गठबन्धन एउटा सित सत्तासाझेदारी सत्ता गठबन्धन अर्काे दलसित इतिहासले बताइरहेको छ । थोरै पनि आस्था सिद्धान्त र विचार भए दलहरु यसरी रातारात गठबन्धन र यता र उता फेरि उता र यता नीति लिएर अगाडि बढ्ने थिएनन् ।
दलहरूका नीति सिद्धान्तहरू विचार अब नेपाली जनताले थाहा पाइसकेका छन । विगतमा गरेका प्रतिबद्धता घोषणापत्रले स्पष्ट पारिदिन्छ । केवल राजनीतिक स्वार्थका लागि जनताहरूलाई राजनीतिक दलहरुले मूर्ख ठानेर प्रतिबद्धता पत्र वा घोषणापत्र तयार पारेको घाम जस्तै छर्लङ्ग छ । २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभम निर्वाचनलाई पनि दलहरुले यतिखेर भाडामा विज्ञ लिएर घोषणापत्र प्रतिबद्धता पत्र तयार पार्दै होलान् । जनताले तिम्रा घोषणापत्र प्रतिबद्धता पत्र एक प्रतिशत पनि विश्वास गर्नेवाला छैनन् ।
विगत ३५ वर्षदेखि यिनै तीन दलले हालीमुहाली गरेर सत्ताको खेलमा फोहोरी खेल खेलिरहेको तितो सत्य हो । धेरै मानिसको राजनीतिप्रति वितृष्णा पैदा भएको हो ।
विगत ३५ वर्षदेखि यिनै तीन दलले हालीमुहाली गरेर सत्ताको खेलमा फोहोरी खेल खेलिरहेको तितो सत्य हो । धेरै मानिसको राजनीतिप्रति वितृष्णा पैदा भएको हो । भदौ २३ र २४ गते को जेनजी आन्दोलनका थुप्रै जनधनको क्षति हुन पुग्यो । एकथरीले केवल भदौ २४ लाई मात्र सम्झिन्छन् र गाली गर्छन् तर भदौ २४ भन्दा अघिल्लो दिन भदौ २३ गतेलाई कुनै पनि राजनीतिक दलले कसैले पनि सम्झिने गरेका छैनन् ।
दलहरूका घोषणापत्र एउटा देखाउने कागज हो । सस्तो मूल्यको कागज हो । अबका मतदाता विशेषगरी युवा पुस्ताले दलहरूका घोषणापत्र लाई मान्यता दिनेवाला छैनन् । घोषणापत्रको नाममा लाखौं लाख खर्च गर्ने आवश्यक पनि छैन। नेपाली र नेपालको भाग्य र भविष्य आगामी फागुन २१ गते बिहिबारका दिन नेपाली जनताले निर्णय दिनेछन् ।
विश्वमा एउटा अनौठो नियम छ । चाहे त्यो विकसित देशहरु तथा अविकसित देशहरु किन नहुन् । निर्वाचनमा पराजय पश्चात दल र नेताहरूले अथवा व्यक्तिहरूले भन्ने गर्दछन् निर्वाचनमा धाँधली भयो । विदेशी शक्तिको चलखेल भयो। निर्वाचन निष्पक्ष भएन । यो चलन विश्वमा छ । नेपालमा अझ बढी चलनचल्तीमा आएको राजनीतिक खेती हो । फागुन २१ पछि पनि नेपाली राजनीतिक दल र नेताहरुले भन्ने यही खेती नै हो ।
लहरू सच्चिनुपर्छ । नेताहरू सचिनुपर्छ । नीतिहरू सच्चिनुपर्छ । विचारहरू सच्चिनुपर्छ । आचरणहरू सच्चिनुपर्छ तब मात्र देश र जनताको हित हुने निश्चित छ । दल र नेताहरूलाई हार्दिक अनुरोध तपाईंहरूका विगतका प्रतिबद्धता एकपल्ट समय निकालेर अध्ययन गर्नुहोला । विश्लेषण गर्नुहोला । अनि छातीमा हात राखेर जनतालाई भन्नुहोला ।