कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक जना पक्राउ

विराटनगर, १४ भदौ । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् ।

पक्राउ परेका पण्डितले मोरङको ग्रामथान गाउँपालिका ७ मा रहेको पाथीभारा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ । पण्डितले आर्थिक वर्ष २०७८/०७९ को ग्रिल उद्योगको कर चुक्ताको नक्कली प्रमाण पत्र बनाएका थिए । कति रकम लिएर नक्कली कर चुक्ताको प्रमाणपत्र बनाए त्यो खुलिसकेको छैन ।

पक्राउ परेका पण्डितलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालाय मोरङ पढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सूर्य प्रसाद पोखरेलले जानकारी दिए । ‘पाथरीभारा ग्रिल उद्योगका संचालक कर चुक्ता गरेको प्रमाणपत्र लिएर आन्तरिक राजस्व कार्यालय आउनुभएको थियो । प्रमाणत्रमा कर अधिकृतले गरेको हस्ताक्षर हेर्दा नक्कली जस्तो लागेपछि पान नम्बर राखेर कम्प्युटरमा इन्ट्री गर्दा नक्कली कर चुक्ताको प्रमाणपत्र रहेको खुलेको छ,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘के कसरी यस्तो भयो । त्यस विषयमा अनुसन्धानको लागि हामीले प्रहरीमा जिम्मा लगाएका छौं । थप विषय प्रहरीले अनुसन्धान गर्नेछ । ‘के कसरी यस्तो भयो । त्यस विषयमा अनुसन्धानको लागि हामीले प्रहरीमा जिम्मा लगाएका छौं । थप विषय प्रहरीले अनुसन्धान गर्नेछ ।’

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा आन्तरिक राजस्व कार्यालयले पक्राउ गरेर पढाएपछि थप अनुसन्धान भइरहेको बताए । ‘पक्राउ गरी अहिले अनुसन्धान सुरु गरेका छौं,’ डिएसपी श्रेष्ठले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ ।’

कर कार्यालय आसपासमा खुलेको च्याउसरी कर सम्बन्धी काम गर्ने फर्महरूले बिचौलिया राख्ने गरेका छन् । फर्मले राखेको बिचौलियालाई आन्तरिक राजस्व कार्यालय अगाडी गेटमा राख्ने गरेका छन्् । बिचौलियाले सस्तोमा सेवा गर्ने भन्दै कमिसन पाउने फर्ममा पुर्याउँछन् । बिचौलियाले सस्तो र छिटो सेवा दिने भन्दै प्रलोभनमा पर्दा सेवाग्राही ठगीमा पर्ने गरेका छन् । करसम्बन्धी काम गर्ने एउटा फर्मले २ देखि ५ पाँच जनासम्म बिचौलिया राख्छन् । कुनै पनि फर्मको कर चुक्ताको प्रमाणपत्र बनाउन सहयोग पुर्याएवापत १ हजारदेखि ५ हजारसम्म लिने गर्दछन् ।

कर कार्यालय अगाडी रहेको केही फर्महरू नियामक निकायमा दर्ता पनि नगरी संचालन रहेको छ । ती फर्महरूले बिचौलियालाई निश्चत रकम दिने र सेवाग्राहीलाई ठगी गर्दछन् । सेवाग्राहीबाट लिएको रकम फर्म संचालक र बिचौलियाले आधा आधा लिने गरेका छन् ।

यसरी कर कार्यालय अगाडी बिचौलियाले सेवाग्राहीलाई हातै समातेर कर कार्यालय तिर जान नदिइ फर्म तिर लैजादा पनि आन्तरिक राजस्व कार्यालय प्रमुख सुर्य प्रसाद पोखरेल मुखदर्शक भएर बस्ने गरेका छन् । पोखरेलले समालेको कर कार्यालय अगाडी खुलेको फर्महरु दर्ता बेगार खुल्लेआम संचालन रहदा पनि नियमन गरी कानुनी दायारमा ल्याउन कुनै पहल कदमी नगरेको स्थानियको गुनासो रहेको छ ।