सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको आयोजनामा वनभोज तथा सम्मान कार्यक्रम

विराटनगर ११ माघ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको आयोजनामा बनभोज तथा सम्मान कार्यक्रम गरिएको छ ।

शनिबार  सुनसरीको पर्यटकीय क्षेत्र बर्जु तालमा आयोजित बनभोन कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको पाँचौं महाधिवेशनमा निर्वाचित केन्द्रीय अध्यक्ष सुजना जोशी, महासचिव ममता प्रधान, प्रतिनिधि परिषद् उपप्रमुख गङ्गा तामाङलाई सम्मानित गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश अध्यक्ष कला डाँगीले जानकारी दिनुभयो ।

बनभोज कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनमा आबद्ध सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।