विराटनगर, ४ भदौ । राधाकृष्ण रथयात्राको ५४ औं संस्करण आज विराटनगरमा निकालिदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिदै आईएको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट शुरु हुने रथ पुन सोही ठाउँमा पुगेर समापन गर्ने गरिएको छ । कोरोना संक्रमणका कारण २ वर्ष सामान्य रुपमा निकालिएपनि यस वर्ष सर्वसाधारणको सहभागितामा रथ निकालिदै छ ।
वि.स. १९८८ सालमा खटयात्राका रुपमा शुरु गरेको वि.स. २०२५ सालदेखि रथयात्राका रुपमा निकाल्ने गरिएको हो । समग्रमा शनिबारको रथयायत्रा ९१ औं संस्करणको रहेको छ । रथसँगै खटलाई पनि निकाल्ने गरिएको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट शुरु हुने रथ पुन सोही ठाउँमा पुगेर समापन गर्ने गरिएको छ ।
कोरोना महामारीका कारण विगत दुई वर्ष राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित भएको थियो । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको बैठकले दुई पटकसम्म रोकिएको रथयात्रा यो वर्ष भने गर्ने निर्णय लिएको अध्यक्ष कैलाश रेग्मीले बताए ।
प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुर्वतर्फ ७५ फिट लम्बाईको डोरी राखिन्छ । रथयात्राको क्रममा श्रद्धालुहरुको अत्यधिक भीड हुने गरेका कारण त्यसलाई व्यवस्थित गर्न रथको दाँया भागमा पुरुष र बायाँ भागमा महिलाका लागि रथ तान्ने स्थान निर्धारण गरिएको छ ।
५४ औं संस्करणदेखि रथयात्राको दुरी दुई किलोमिटर थपिएको छ । यसअघि मन्दिर परिसर देखि मेनरोड, ट्राफिक चौक, महेन्द्रचौक, वरगाछी हुँदै मन्दिरको दुरी ७ किलोमिटर थियो ।
५४ औं संस्करणको रथयात्रा देखि ९ किलोमिटर पुगेको छ । कोरोना संक्रमणको अवस्थालाई ख्यालगरि यस पटक पुराना धेरै कार्यक्रम स्थगित गरिएको अध्यक्ष रेग्मीले बताए । उनका अनुसार झाँकी, स्वयंसेवक, हेलिकप्टरबाट हुने पुष्पवृष्टिका कार्यक्रमहरु सवै रोकिएका छन् ।