विराटनगर, ३१ साउन । पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही समयमा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा ५ हजार २५९ जना सक्रिय कोरोना संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा छन्।
त्यस्तै ६८ जना आईसियू तथा ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।