८१५ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

विराटनगर, २६ आउन । पछिल्लो २४ घण्टामा ८१५ जना कोरोना संक्रमित थपिएका छन ।

देशभर गरिएको २ हजार ४११ पीसीआर र २ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४७६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७४ हजार २९५ पुगेको छ ।

सो अवधिमा पाँच जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ८६९ जना सक्रिय संक्रमित छन ।