विराटनगर ७ कात्तिक । सोलुखुम्बुमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।
माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको हो । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको हो ।
घाइतेलाई उपचारका लागि राति नै वाकु अस्पताल पठाइएको डीएसपी कुँवरले जानकारी दिनुभयो ।