विराटनगर, १६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण भएको छ ।
१६३ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ४९४ जनाको एन्टिजेन परुीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४, मोरङमा १३, सुनसरीमा ९ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ ।
झापाको भद्रपुरमा १०, कनकाई, कमल , हल्दिबारी र दमकमा १–१, मोरङको विराटनगरमा ११, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ९ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ६१ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ४२७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सम्म संक्रमितको संख्या १ लाख २१ हजार ९८२ पुगेको छ ।