विराटनगर २८ भदौ । जेनजी आन्दोलनका कारण आगलागी तथा तोडफोड भएका कार्यालयको दैनिक सरसफाई स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले गर्दै आएको छ ।
विराटनगरको मध्य क्षेत्रको फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको सो संस्थाले अहिले मध्य क्षेत्र अन्तरगतका कार्यालयहरुको सरसफाईमा जुटेको छ ।
विहान ७ वजेदेखि साँझ सम्म कर्मचारीहरु सरसफाईमा खटिएको स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपालका सफाई प्रमुख एकराज खनालले जानकारी दिनुभयो । भदौ २४ गते जेनजीको प्रर्दशनका कारण क्षतिग्रस्त भएका स्थानहरुमा दैनिक सरसफाईको काम भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुशार विराटनगर महानगरपालिका, जिल्ला अदालत, उच्च अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालयहरु तथा भाटभटेनी सुपरस्टोरमा अहिले दैनिक सफाईको काम भईरहेको प्रमुख खनालले बताउनुभयो ।
विराटनगर महानगरपालिकाको मध्ये क्षेत्र अन्र्तगतका वडा नं. ६ देखि ११ वडा रहेका छन् । मध्यक्षेत्रमा सरकारी कार्यालय, प्रदेश अन्र्तगतका मन्त्रालय तथा कार्यालयहरु अधिकांश क्षतिग्रस्त भएका छन् । प्रमुख खनालले भन्नुभयो,‘ दैनिक सफाईको काम गर्दा पनि महिनौं दिन लाग्ने अवस्था छ ।’ आगलागी भएका कार्यालय पूर्ण क्षतिग्रस्त भएकाले पनि सफाईमा महिनौं दिन लाग्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।