विराटनगरका शैक्षिक संस्थाहरु भोलि देखि सञ्चालनमा आउने

विराटनगर २८ भदौ । विराटनगरका शैक्षिक संस्थाहरु भोलि देखि सञ्चालनमा आउने भएका छन् ।

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले मोरङ जिल्लाको अवस्था सामान्य हुँदै गएकाले निषेधाज्ञा र कर्फ्यू पनि हटाईएकाले भोलिदेखि पठनपाठन शुरु गर्न सूचना जारी गरेको छ । मुलुकको विषम परिस्थितिका कारण भदौ २४ गते देखि बन्द रहेका शैक्षिक संस्था सञ्चालनका लागि सूचना जारी गरिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

महानगरको सूचनासँगै विद्यालयहरुले पनि भोलि देखि विद्यालय सञ्चालन हुने सूचना सामाजिक सञ्जाल मार्फत जारी गरेका छन् ।