सुनसरीका २१० घरमा मानव बेचविखन बिरुद्धका सन्देश पुर्याईयोे

विराटनगर, १४ साउन । अन्तराष्ट्रिय मानव बेचविखन बिरुद्धको दिवसको अवसरमा सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्रमा शनिबार घरदैलो गरिएको छ ।

दिवसको अवसरमा औपचारिकता निभाउने गरिका कार्यक्रम नगरि कोकनले कार्यक्षेत्र भित्रका घर–घरमा पुगेर सन्देश प्रवाह गरेको हो ।

मानव बेचविखन तथा ओसार पसार बिरुद्धको पालिका स्तरिय अभियानकर्मीले कोकन सुनसरीको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा कोशीगाउँपालिका र बराहक्षेत्र नगरपालिका भित्रका २ सय १० घरमा मानव बेचविखन बिरुद्धका पर्चा वितरण सन्देश तथा भिडियो प्रदर्शन गरि मनाईएको छ ।

कोशी गाउँपालिकाको वडा नम्वर ८ भण्टाबारी सिमामा र बराहक्षेत्र नगरपालिकाको वडा नं.४ मा घरदैलो कार्यक्रम गरिएको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो । उहाँका अनुसार मानव बेचविखन बिरुद्ध पर्चा वितरण, सन्देश तथा भिडियो प्रदर्शन गरिएको छ ।

युवा अभियानकर्मीहरु तथा कोकनका कर्मचारी संलगन रहेको घरदैलो कार्यक्रममा २१० वटा घरमा पुगी सुचना सामाग्री वितरण र जानकारी प्रदान गरिएको संयोजक पौडेलले बताउनुभयो ।

कोकनले शुरु गरेको मानव बेचविखन बिरुद्धको अभियान सुनसरीमा प्रभावकारी बन्दै गएको स्थानीयवासीले बताएका छन् ।