
विराटनगर, भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ।
हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले यो पर्वलाई
केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै यो अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न संकल्प संकल्प गर्नुपर्नेमा जोड दिनुभएको छ।
स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिने कार्कीले बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार महिलाहरूको हकअधिकार स्थापित गर्न सदैव तत्पर रहेको उल्लेख गर्दै महिलाको हित प्रवर्धनका कार्यक्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुकका सबै पर्व र संस्कारलाई संरक्षण गर्नुपर्ने गर्नुपर्नेमा उहाँले सन्देशमा जोड दिनुभएको छ।