
विराटनगर ४ भदौ । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण गरेको छ ।
कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका १०६५ विद्यार्थीलाई स्वागत गरिएको कान्तिपुर कलेजका प्रिन्सीपल भुवन नेपालले जानकारी दिनुभयो । उहाँका अनुशार विज्ञानमा ४०५, व्यवस्थापनमा ५१० र होटल व्यवस्थापन संकायमा १५० जना विद्यार्थी भर्ना भएका छन् । उहाँले कान्तिपुर कलेजप्रति विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । ४ जिपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको पहिलो रोजाई कान्तिपुर कलेज भएको उहाँले बताउनुभयो । प्रिन्सीपल नेपालले भन्नुभयो,‘ हामी गुणस्तरिय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं । हाम्रो मेहनत र विद्यार्थीको लगनशिलताले उत्कृष्ट नतिजा दिन सफल भएका छौं ।’
विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले कान्तिपुर माविले विद्यार्थीको चाहना, इच्छा अनुशारको शिक्षा दिएको बताउनुभयो । समय सापेक्ष शिक्षा दिएकै कारण कान्तिपुरले हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई समक्ष सापेक्ष रुपमा अब्बल बन्दै गन्तव्यमा पुग्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई ८० प्रतिशत पढाई र २० प्रतिशत सामाजिक कार्यमा लाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा कान्तिपुर माविबाट एसईईमा ४ जिपीए ल्याउने आयुशा कार्की, प्रवेश परीक्षामा टप गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । स्वागत तथा अभिमुखीकरण कार्यक्रममा कलेजका विद्यार्थीले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।