
विराटनगर २७ असार । नेकपा एमाले विराटनगरको दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको छ ।
आज विराटनगरमा बसेको बैठकले स्कुल विभागको प्रमुखमा अध्यक्ष बलराम गिरी र उपप्रमुखमा उपसििचव हिमा मैनाली, संगठन विभागको प्रमुखमा सचिव विज्ञान चापागाई, कोष तथा वित्त व्यवस्थापन विभागमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा हमिद आजाद, निर्वाचन समितिको संयोजकमा विष्णु तामाङ, समृद्ध विराटनगर कार्ययोजना कार्यदलको संयोजकमा अध्यक्ष बलराम गिरी, सदस्यमा सचिव विज्ञान चापागाई र लेखा समितिको संयोजकमा बोधराज घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
दोश्रो पूर्ण बैठकबाट महानगर कमिटीको वार्षिक कार्ययोजना २०८२, कार्ययोजना कार्यान्वयनको लागि कार्यतालिका र वार्षिक बजेट २०८२ अनुमोदन गरिएको थियो । २०८२ को कार्ययोजनामा विशेषत जनसंगठन परिचालन र वडा कमिटी सुदृढीकरण, लेवी व्यवस्थापन लगायतका कामहरु समेटिएको छ ।
आजको बैठकबाट महानगर कमिटीको सचिवालय सदस्यमा विष्णु पौडेल, राम पाण्डे, प्रमोद खतिवडा, तुलसी घिमिरे र संगीता देवलाई मनोनित गरिएको छ । त्यसैगरी महानगर कमिटी सदस्यमा जितन थापा, , प्रवेशकुमार लम्साल, अबोध गौतम रसुरेन शाक्यलाई मनोनित गर्ने निर्णय गरिएको सचिव विज्ञान चापागाईले जानकारी दिनुभयो । उहाँका अनुशार आजको बैठकले प्रशिक्षण प्रतिवेदन पनि पास गरेको छ ।
महानगर कमिटी अध्यक्ष बलराम गिरीको अध्यक्षता बसेको बैठकमा केन्द्रीय कमिटी सदस्य एवं मोरङ जिल्ला कमिटी इन्चार्ज जीवन घिमिरे, जिल्ला कमिटी उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष बान्तवा लगायतको उपस्थिति रहेको थियो ।