मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

विराटनगर २३ असार । मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय मोरङले आज एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

मोरङ जिल्लामा १५९ वटा वडामा आर्थिक बर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिना भित्रका १६ हजार ५५१ जना बच्चा र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ जना गरी कुल ६० हजार ५८५ जना बच्चालाई खोप दिलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

सो अवसरमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले पूर्ण खोप सुनिश्चितताका लागि निरन्तर अभियानमा लाग्न आग्रह गर्नुभयो ।

जिल्ला खोप समन्वय समिति मोरङका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्णखोप सुनिश्चितता तथा दिगोपना निर्देशिका बमोजिम आवश्यक मापदण्ड पूरा गरी गरेको भन्दै आगामी दिनमा निरन्तरता दिनुपर्ने बताउनु भयो ।