मोरङमा ट्याक्टर चालकको आक्रमणबाट ट्रक चालकको मृत्यु, झापामा कुटपिटबाट २ किशोरको ज्यान गयो

विराटनगर १९ असार । मोरङको कटहरीमा ट्याक्टर चालकको आक्रमणमा परेर गम्भीर घाइते भएका ट्रक चालकको बिहीबार दिउँसो मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार ना ५ ख ५६१६ नम्बरको ट्रकका चालक सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको मृत्यु भएको हो । उनीमाथि कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि नामक उद्योग परिसरभित्र बुधबार दिउँसो आक्रमण भएको थियो ।

कामतविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी चिमरियाले बताउनुभयो । यसैवीच झापाको शिवसताक्षी नगरपालिकामा कुटपिटका कारण २ जना किशोरको मृत्यु भएको छ ।

ट्युसनबाट फर्कंदै गर्दा आफ्नै साथीहरुको कुटाइबाट संगम चोकका १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको झापा प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि आइतबार आदित्यकै मिल्ने साथी रोमन थापाको पनि बिर्तासीटी अस्पतालमा मृत्यु भएको थियो ।

एउटै समूहको कुटपिटबाट दुवै जनाको मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताउनुभयो ।