बेघर एकल महिलालाई एक लाख

विराटनगर–घर छैन, खोलाको डिलमा प्लाष्टिक ओढाएको छाप्रो छ । श्रीमान छैनन्, हुर्किएकी छोरी र नाबालक छोरा छन् । सम्पती छैन, जनबनीमा काम पाए गर्छीन् । उनी हुन् मोरङ कटहरी १ संगम टोल सिंघिया खोला किनारमा बस्ने सुनिता मण्डल ।

गरिबीको चरम अवस्थामा रहेकी सुनितालाई लाईन्स क्लव अफ विराटनगर गुरा“सका तर्फबाट सामान्य जिविकोपार्जनका लागि बिहीबार एक लाख रुपैंया प्रदान गरिएको छ । क्लवका सदस्य तथा पदाधिकारीले रकम संकलन गरेर उनलाई कुनै पेशा गर्न एक लाख रुपैंया दिएको हो । क्लवका अध्यक्ष माधव मुकुन्दका अनुसार सुनिता काम पाएका बेला निर्माणाधिन घरमा इटा र बालुवा बोक्छिन ।
लाइन्स क्लव गुरा“सका सदस्य नरेश तुम्रोकले मात्रै सुनिताको सहयोगका लागि ५० हजार रुपैंया दिएका छन् ।

गरिबीको अवस्था देखेर आफुहरुले सानो सहयोग गर्दा सुनिताको परिवारमा सानोतिनो पेशा गर्ने उर्जा मिलोस भनेर सहयोग गरेको तुम्रोकले बताए । सुनिताकी छोरीको बिहे गर्ने उमेर भएको छ । काम पाएको दिन मात्रै पेटभरी खान पाउने उनको परिवारमा छोरीको बिहे गर्ने खर्च छैन ।

अध्यक्ष मुकुन्दका अनुसार, सप्तरी घर भएका सुनिताका श्रीमानले उनलाई बिहे गरेर भारतबाट ल्याएका थिए । उनले सिंघिया खोलाको डिलमा छाप्रो बनाएर राखे । दुई सन्तान भएपछी उनको मृत्यु भयो । छाप्रोपनि खोलाको बाढीले बगायो । ‘खोला किनारमा ऐलानी जमिनमा बस्ने परिवारलाई गाउ“पालिकाले पटक पटक हट्न उर्दी जारी गर्छ तर, सुनिताको जाने ठाउ“ छैन’ मुकुन्दले भने ।

सुनिताको माइतीमा आश्रय लिन जाने अवस्था छैन । श्रीमानले छाडेर हि“डेको मुलघर बारे त्यत्ती उनलाई जानकारीपनि छैन । उनी जस्ता नौ परिवार पत्ता लगाएर लाइन्स गुरा“सले सुनितालाई नगद उपलब्ध गराएको हो । आगामी दिनमा वर्षमा एक पटक उनी जस्ता अति बिपन्न एक परिवारलाई नगद सहयोग गर्ने क्लवको योजना रहेको मुकुन्दले बताए ।