विराटनगर ७ फागुन । एमाले निकट नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन आज देखि विराटनगरमा शुरु भएको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उहाँले अनुशासन नभएका ब्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गर्नुभएको छ ।
ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गर्नुभयो । खेलका गतिबिधि हुन नसकेको सुनाउँदै ओलीले पार्टीको समस्या र झमेला अन्त भएपछि नेपाल खेलकुद महासंङले गति लिएको उल्लेख गर्नुभयो ।
महासंघले खेलाडीलाई प्रोत्साहित गर्ने, तालिम दिने र खेलाडीले प्रगतिमा केन्द्रीत हुनु पर्ने बताउनुभयो । नेपाल खेलकुद महासंघको महाधिबेशनको बन्द सत्र आजैदेखि शुरु हुने जनाईएको छ । विराटनगरमा रहेको होटल मनास्लुमा बन्द सत्र शुरु हुदैछ । महाधिबेशनले नयाँ नेतृत्व चयन गर्ने महासंघका प्रदेश इन्चार्ज सन्ताष वान्तवाले जानकारी दिनुभयो ।